तलव खर्चेर विशेष प्रकृतिका बालबालिकाहरुलाई न्यानो जकेट


मुगुः कृषि विकास बैक मुगुमा कार्यरत लेखापाल यामकुमारी आचार्यले आफ्नो एक महिनाको बितरण गरेकी छन् ।

दैलेखमा जन्मिएर सरकारी बिद्यालय पढी २०७३ सालमा कृषि विकास बैकमा नाम निकाली सरकारी जागिरमा प्रवेश गरेकी आचार्यले सामाजिक सेवामा पनि रुचि भएकाले आफ्नो एक महिनाको तलव खर्चेर बहिरा बालबालिकाहरुलाई न्यानो जकेट सहयोग गरेको बताईन । पहिलो नियुक्ति सुर्खेतमा भएपनि पछि दुर्गममा गएर सेवा गर्ने उद्देश्यले मुगु गएकी आचार्यले मुगुको छायानाथ रारा नगरपालिका वडा नं २ स्थित महाकाली माविमा अध्ययनरत फरक क्षमताका २१ जना बालबालिकाहरुलाई न्यानो जकेट सहयोग स्वरुप बितरण गरेकी हुन ।

उनले आफु मुगुमा सरुवा भएर आएपछि बाटोमा हिड्दै गर्दा उनीहरुलाई देखेको र जाडो सिजन सुरु भएकाले न्यानो जकेट बितरण गरेको बताइन । जकेट बितरणमा मुगुका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख लगायतका सरकारी निकाय तथा गैरसरकारी निकायका प्रमुख एवं प्रतिनिधि, पत्रकार, नागरिक समाज, शिक्षक, विद्यार्थी लगातका सरोकारवालाहरुको उपस्थति थियो ।