प्रादेशिक पार्कको शिलान्यास


 

सुर्खेत । कर्णाली प्रदेशको वन तथा वातावरण निर्देशनालयले सुर्खेतको वीरेन्द्रनगर–४ भैरवस्थानको भंगेरीचौरमा प्रादेशिक सहिद पार्क निर्माण गर्ने भएको छ । कर्णाली प्रदेश सरकारले प्रदेश स्तरीय सहिद पार्क निर्माण गर्न लागेको हो ।
जनआन्दोलन, तथा बिभिन्न आन्दोलनमा सहिद भएकाहरुको सम्झनामा पार्कको स्थापना लागिएको छ ।
कर्णाली प्रदेश निर्माणका क्रममा सहादत्त प्राप्त गरेका सहिदहरुको स्मरण गर्ने स्थान नभएको तथा सहिद कै योगदानमा प्रदेशको निर्माण भएकोले पार्कको स्थापना गर्न लागिएको हो ।

प्रदेशकै नमुना पार्कका रुपमा स्थापना गर्न निर्माण गर्नका लागि सबैको महत्वपूर्ण भूमिका रहेको वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख देवकुमार सुवेदीले बताए । ‘यो पार्क प्रदेश कै नमुना पार्कका रुपमा विकास गरिनेछ ।’ उनले भने,‘त्यसमा सबैको सहयोगको आवश्यकता रहेको छ ।