भुकम्प प्रतिरोधात्मक भवन निर्माण प्रविधि तालिम सम्पन


दिगो विकास लक्ष्यलाई स्थानीयकरण गर्ने कार्यक्रम अनुरुप वीरेन्द्रनगर नगरपालिका, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) र अन्तरनिर्भर समाज, सुर्खेतको साझेदारीमा सामुदायिक संरचना बिकास अन्तरगत वातावरण मैत्री, बाल मैत्री, लैङ्गिक मैत्री शौचालय निर्माण कार्य संचालन भैरहेको छ । गुणस्तरिय निर्माण कार्य गर्नेका लागि दक्ष कालिगड उत्पादन गर्ने उदेश्यले कार्तिक २७ देखी ३० गते सम्म भूकम्प प्रतिरोधात्मक भवन निर्माण प्रविधि बारे ३ दिने तालिम विरेन्द्रनगरमा सम्पन भएको छ ।
उक्त तालिममा नगर भित्रका ३५ जना डकर्मीहरुको सहभागितामा रहेको थियो ।उक्त भवन संहितामा आधारित भुकम्प प्रतिरोधात्मक भवन निर्माण प्रविधि तालिमको सहजीकरण वीरेन्द्रनगर नगरपालीका सव ईन्जिनीयर किशोर कडेल, शहरी विकास तथा भवन निमार्ण विभाग सघिय आयोजना कार्यान्वयन ईकाई सुर्खेतका ईन्जीनियर रामकृष्ण आचार्य, युएनडिपीका वरिष्ठ ईन्जीनियर अजयराज पौड्याल, अन्तरनिर्भर समाजका ईन्जीनियर द्धय ओमदत्त रेग्मी र न्यूटन वलीले गरेका थिए।
कार्यक्रममा विरेन्द्रनगर नगरपालिका सुर्खेतका प्रमुख देब कुमार सुवेदी प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल लगायतको सहभागीता रहेको थियोे ।