कन्सोटियम नेपालमा किरण थापा


काठमाडौं, ८ मंसिर । बाल सहभागितामा कार्यरत संस्थाहरुको सझा समूह नेपाल कन्सोटियम-नेपालको बिसौं सधारण सभाले युबा बाल अधिकारकर्मी किरण थापालाई निर्बाचित गरेको छ ।यसैगरी उपाध्यक्षमा मोहन दङ्गाल महासचिवमा सन्तोष महर्जन, सचिबमा प्रदीप कुमार लामिछाने, कोषाध्याक्षमा देबी रेग्मी चयन भएका छ्न् ।यसैगरी सदस्यहरुमा बृजमोहन कुशबाह, उषा बिक, अनिता पाण्डे, गङ्गा गुरुङ, प्रकाश खतिवडा र शालिकराम पाण्डे चुनिएका छन् ।

सोही सधारण सभाले प्रदेश न १ मा स्वास्तिका पोख्रेल २ मा कोपिला कुमारी तिमल्सिना, ३ मा प्रकाश बासी, गण्डकी प्रदेशमा दिपक शर्मा, ५ मा बद्री प्रसाद सुबेदी, कर्णाली प्रदेशमा लक्ष्मी भट्टराई र सुदुर पश्चिम् प्रदेशमा जयबहादुर बिश्वकर्मालाई चयन गरेको छ।

राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहालको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रममा बरिष्ठ बालाअधिकारकर्मी गौरी प्रधान राष्ट्रिय योजना आयोगका डा.किरण रुपाखेती लगायतले बालाधिकारको बिषयमा आ आफ्नो धारणा राखेका थिए ।

बक्ताहरुले बाल अधिकारका बिषयमा सबै पक्ष संबेदनसिल हुनु पर्नेमा जोड दिएका थिए । सो अवसारमा गौरी प्रधान र किरण रुपाखेतीले बाला अधिकारका बिषयमा कार्यपत्र समेत प्रस्तुत गरेका थिए ।

न्यूज अभियान डट कम