भेरीगंगा नपाद्धारा आश्रममा कपडा वितरण


भेरीगंगा नगरपालिका सुर्खेतले वीरेनद्रनगरमा रहेको मानव सेवा आश्रममा न्यानो कपडा वितरण गरेको छ । महीला हींसा विरुद्धको १६ दीने अभियानको सन्दर्भमा आश्रममा कपडा वितरण गरिएको हो । चिसो मौसमका लागी आवश्यक पर्ने टोपी, जुत्ता, स्वीटर ज्याकेट लगायका कपडा वतिरण गरिएको छ ।
वितरण कार्यक्रममा भेरीगंगा नगरपालिका महीला तथा वालवालिका शाखा प्रमुख सविता राणाले असाहाय मानीसलाई आफुहरुले व्यवसायी वाट कपडा संकलन गरि वितरण गरिएको वताईन्। आश्रममा पहीलो पटक सहयोग गरे पनि आगामी दीनमा थप सहयोग गर्दे जाने उनको भनाई थियो ।

पहीलो पटक हामीले संकलन गरेर वितरण गरेका छौ हामीले पनि यस्ता सहयोग गर्दे जानेछौ । हाम्रो सानो सहयोगले असाहयलाई केही सहयोग पुगोस भन्ने हेतुले हामीले व्यवसायी वाट संकलन गरि वितरण गरेका हौ । मानव सेवा आश्रम की श्रृजना वली नगरपालिकालाई धन्यवाद दीदै आफुहरुले एक अभिभावक थपीएको महशुस भएको वताइन् ।