लागुऔषध सम्बन्धि अभिमुखीकरण


सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ को आयोजना तथा लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतको सहयोगमा लागुऔषध दुव्र्यसन सम्बन्धि अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम भएको छ । वीरेन्द्रनगर ४ को इन्टरनेशनल कोअपरेटिभ बोर्डिङ्ग स्कुल तथा भैरव मावि भैरवस्थानमा उक्त अभिमुखीकरण भएको हो ।

अभिमुखीकरणमा लागु औषध नियन्त्रण ब्यूरो प्रमुख प्र. ना.नि. निलकण्ठ ढकालले विद्यार्थीहरुसँग अन्तरक्रिया तथा अभिमुखीकरण गरेका छन् । उक्त बुधबार भैरव माविका करिब १ सय ६० विद्यार्थीहरु अभिमुखीकरणमा सहभागी थिए । यसैगरि छवि आधारभूत मावि र जेपी स्कुलमा आज अभिमुखीकरण गर्ने कार्यक्रम रहेको वडा नं. ४ का वडा सचिव इन्द्रप्रसाद अधिकारीले बताए ।