अज्ञात समुह द्बरा चेतना कृषि तथा मत्स्य पशुपंक्षी फर्म को केरा काटेर नष्ट ।


२४ मंसीर , सुर्खेत ।

लेकवेसी नगरपालिका को वडा नं ६ कल्याणमा रहेको चेतन कृषि तथा मत्स्य पशुपंक्षी फर्मकाे बारीमा लगाईएका केरा अज्ञात समूहले नष्ट गरेका छन् । व्यवसायीक रुपमा बारीमा लगाईएका केरा गत आइतबार राती अज्ञात समूहले काटेर नष्ट गरेकाे थियो ।

बारीमा रहेका केरा काटेर नष्ट गरेकाे  फर्मका संचालक तुलाराम वलीले बताउनु भयाे । साथै नष्ट भएकाे केराकाे क्षतिपूर्ति पाउनु पर्ने फर्मका संचालक वलीकाे दावी छ ।

उक्त फर्मकाे बारीमा रहेका करिब २ सय ५० केराका बोट काटिएको फर्म संचालक वलीले बताउनु भएकाे छ । चार वर्ष देखि संचालनमा रहेकाे चेतन कृषि तथा मत्स्य पशुपंक्षी फर्ममा लगाईएका केरा अज्ञात समुहले नष्ट गरिएकाे उहाँले बताउनु भएकाे छ ।