एसओएस बालग्रामको सामाजिक परीक्षण


एसओएस  बालग्राम सुर्खेतले आर्थिक बर्ष २०७५/७६ को सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको छ।बिहीवार कर्णाली मिडिया सेन्टर नेपाल प्रालिको सहजीकरण भएको कार्यक्रममा आर्थिक बर्ष २०७५/७६ मा सम्पन्न भएका क्रीयाकलाप समेटेर बालग्राम सुर्खेतका निर्देशक मुकुन्द कुमार गीरीले आफ्नो प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख छबिलाल सिग्देल प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी बिरेन्द्रनगर नगरपालिका वार्ड नम्बर ४ का अध्यक्ष निलकन्ठ खनाल लगायतको उपस्थिति रहेको थियो कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बालग्रामले बाल सहभागीता लाई जोड दीदै थप गुणस्तरीय सेवा प्रबाहमा जोड दीन निर्देशन दीनुभयो ।

जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख छबिलाल सिग्देलले बालग्रामलाई स्थानीय स्तरमा आत्मनिर्भर बनाउनका लागि स्थानीय सरकारसंग समन्वय गर्न सुझाव दीनुभयो उहाँले बालग्रामलाई थप गुणस्तरीय बनाउन तिनै तहका सरकारको सहयोग गर्न आबश्यक रहेकोे बताउनुभयो ।