उपेन्द्र यादब र इस्तियाक राईले मन्त्री पदबाट दिए राजीनामा


काठमाडौं ।समाजवादी पार्टी सरकारबाट बाहिरिएको छ। उपप्रधान तथा कानून मन्त्री उपेन्द्र यादवले आज राजीनामा दिएका छन्। यादवले आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राजीनामा बुझाएका हुन्।

समाजवादी पार्टीबाटै शहरी विकास मन्त्री बनेका मोहम्मद इस्तियाक राईले पनि आजै राजीनामा दिएका छन्। संविधान संशोधन प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्ने प्रयास असफल भएपछि समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको हो ।