विद्यालय लेखा व्यवस्थापन तालिम सम्पन्


सुर्खेत माघ ५

मानव संसाधन विकास केन्द्र, सुर्खेतको आयोजनामा तीन दिने विद्यालय लेखा व्यवस्थापन तालिम सम्पन्न भएको छ । सामुदायिक विद्यालयका प्रध्यानाध्यापक तथा लेखा हेर्ने कर्मचारीलाई लक्षित गरी शुक्रबारबाट तालिम संचालन गरिएको थियो । केन्द्रको आयोजना र वीरेन्द्रनगर नगरपालिको समन्वयमा वीरेन्द्रनगर नगरपालिका क्षेत्रका आधारभूत विद्यालयका प्रध्यानाध्यापकहरुलाई आधारभूत लेखा व्यवस्थापन सम्बन्धमा अनुशिक्षण गरिएको हो ।
मूलतः शिक्षक तथा स्वास्थ्यकर्मीहरुको क्षमता विकासमा जोड दिदै आएको केन्द्रले सामुदायिक विद्यालयमा श्रोत तथा अनुदानको व्यवस्था, विद्यालयका लागि नियमावलीबाट निर्देशित खाताहरु, गोश्वारा भौचर, जिन्सी व्यवस्थापन, सार्वजनिक खरिद, फाइलिङ् र बेरुजु सम्बन्धी विषयमा सहभागी हरुलाइ प्रशिक्षण दिईएको थियो ।
स्थानीय तह र प्रदेश सरकारको समन्वयमा सार्वजनिक लेखा सम्बन्धी दैनिक कार्यहरुका सामान्य व्यवस्थाहरुलाई व्यवहारिक अभ्यास सहित तालिम उपलब्ध गराएकोमा खुसि व्यक्त गर्दै आगामी दिनमा कार्यदिनलाई बढाई यस्ता तालिम कार्यक्रमले कार्यस्थलमा काम गर्दा उत्प्रेरणा प्रदान गर्ने तालिममा सहभागीहरुले बताए । विद्यालय शिक्षाको सीमित आर्थिक श्रोतलाई नेपाल सरकारको सरकारी श्रेस्ता प्रणाली तथा शिक्षा नियमावलीले तोकेका खाता तथा श्रेस्ता प्रणालीमा व्यवस्थित तवरले अभिलेखीकृत गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए।तालिमको सहजीकरण प्रदेश लेखा नियन्त्रक, विरेन्द्रनगर नगरपालिकाका उपसचिव ललितव्रिक्रम सिह, केन्द्रका लेखा अधिकृत मिलन कुमार शर्मा लगायतले गरेका थिए।