फागुनमा कर्णाली उत्सव हुँदै


सुर्खेत ।

‘कुडा कर्णालीका’ भन्ने मुल नाराका साथ कर्णाली प्रदेशमा कर्णाली उत्सव हुने भएको छ । कर्णालीलाई बहसमार्फत देशभर चिनाउने उदेश्यले कर्णालीमै पहिलोपटक हुने यस्तो कार्यक्रमको आयोजना सुर्खेत स्थित ऋति फाउण्डेसनले गर्न लागेको हो ।  ३ दिन संचालन हुने उक्त कार्यक्रम फागुन दोस्रो साता संचालन गरिने ऋति फाउण्डेसन्का संस्थापक सदस्य रेशम बिष्टले बताए ।   कर्णाली प्रदेशका राजनितिक, आर्थिक, सामाजिक, कला, साहित्य, दर्शन लगाएतका विभिन्न विधामा विमर्स र बहस गरिने कार्यक्रममा कर्णालीमै रहेका, कर्णालीकै बासिन्दा तर कर्णालीभन्दा बाहिर रहेका र अन्यत्रकै बासिन्दा तर कर्णालीलाई राम्रोसंग बुझेका बौद्धिक व्यक्तित्वहरुको सहभागिता रहनेछ ।

चर्चित लेखक, साहित्यकार, बौद्धिक वर्ग तथा हजारौ साहित्यअनुरागी बिच जमघट र बहस गराउने उद्देश्य रहेको आयोजकले जनाएको छ । फागुन दोस्रो साता देशकै ध्यान कर्णालमिा केनद्रित गर्ने आयोजक संस्था ऋति फाउण्डेसनका संस्थापक सदस्य कमलराज लम्सालले बताए । “उत्सवले कर्णालकिो वास्तविकता बारे बहसका साथै यहाँको सामाजिक चिन्तन, आर्थिक सम्भावनाहरुको खोजी, पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउँछ ।” उनले भने, “कर्णालीबारे बास्तविकता लाई बाहिर ल्याउनुका साथै देशकै ध्यान कर्णालीमा तान्न हामिले यो उत्सवको आयोजना गर्दै छौं ।

प्रदेश सरकारका प्रमुख सचिव केवलप्रसाद भण्डारीले यस्तो उत्सवले कर्णालीलाई चिनाउन थप सहयोग गर्ने बताए । त्यस्तै लेखक माधव चौलागाईले कर्णालीप्रतिको गलत मानसिकतालाई सकरात्मक बनाउन यस्तो उत्सव आवश्यक रहेको बताए । फागुन दोस्रो साता तिन दिन संचालन हुने कार्यक्रम वीरेन्द्रनगर स्थित पर्यटकिय क्षेत्र बुलबुले उद्यान परिसरमा संचालन हुनेछ । कार्यक्रममा प्रवेश निशुल्क गरिएको छ । करिब पचास भन्दा बढि राष्टियस्तरमा चर्चित कर्णालीलाई बुझेका व्यक्तिहरु कार्यक्रममा  आयोजकले जनाएको छ । खस सभ्यता र खस संस्कृतीलाई चिनाउने हेतुले कार्यक्रमका सेसनहरुका नाम राखिएको छ । खसका खासखुस, कर्णालीमा कालापहाडका तोणा, कर्णाली क्यानाम घुमेर हेर्दा, दवाइ र देउता भोक र भकारी, कर्णालीको एघारौं जिल्ला जस्ता विषयमा बहस हुनेगरी सेसनहरु ीनर्माण गरिएको छ ।