एक हप्ते डकर्मी तालिम सम्पन्


वीरेन्द्रनगर नगरपालिका सुर्खेत र बिधालय सुरक्षा कार्यक्रम नेपालको आयोजनामा भुकम्प प्रतिरोधी भवन निर्माणका लागि १ हप्ते डकर्मी तालिम सम्पन्न भएको छ ।कार्यक्रमको समापनमा बोल्दै सहभागी मनमाया बुढाले तालिमले डकर्मीहरुको पेसालाई मर्यादित बनाउन र भुक्मप प्रतिरोधात्मक भवन निर्माण गर्नका लागि सहयोग पुर्याउने बताउनुभयो ।एक हप्ते तालीममा भुकम्पको कारण र असर ,भवन निर्माण प्रविधि र अभ्यास, आवधिक मर्मत संभार, बैकल्पिक निर्माण सामाग्री भवन निर्माण सहिता र डकर्मिहरुको भुमिका जस्ता बिषयबस्तु समाबेश गरेको तालिम संयोजक त्रिभुवन बास्तोलाले बताउनुभयो ।

कार्यक्रममा नगर प्रमुख देब कुमार सुबेदीले नगरमा निर्माण हुने भवन भुकम्प प्रतिरोधि बनाउन डकर्मीको प्रमुख भुमिका रहने हुनाले नगरपालिकाले यस्ता खालका तालिमहरु मागका आधारमा संचालन गर्ने र डकर्मीहरुको बिमाको लागि समेत आवश्यक पहल चाल्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।कार्यक्रममा भवन तथा बस्ती बिकास साखाका प्रमुख किसोर कंडेल वडा अध्यक्ष भुपेन्द्र दर्लामी लगाएतको सहभागीता थियोे ।