जन्मदिनको अवसरमा आश्रमलाई सहयोग


विरेन्द्रनगर नगरपालिका वडा नम्बर ११ बस्ने हरि प्रसाद कंडेलले आफ्नो जन्मदिनको अवसरमा सुर्खेतमा रहेको मानव सेवा आश्रमलाई सामाग्री सहयोग गर्नुभएको छ । उहाँले जन्मदिनको अवसरमा खानेपानि ट्याङ्कि, बाल्टिनहरु, सरसफाई सामाग्रिका साथै फलफुलहरु वितरण गर्नुभएको हो ।

पछिल्लो समय कोरियन भाषा प्रशिक्षणका लागी ट्रस्ट एजुकेसन सेन्टर नामको शिक्षालय संचालन गरेका ले पटक पटक कोरियन भाषा परिक्षा उर्तिण गर्दापनि कोरिया नगएर सुर्खेतमै भाषा स्कुल संचालन गरिरहनु भएको छ । विगत केहि समय देखि संचारमाध्याममा समेत आवद्ध रहनु भएका कंडेलले परोपकारी कर्मपनि मानविय दायित्व भएको भन्दै आफ्नो जन्मदिनको अवसरमा आश्रमलाई आवश्यक सहयोग गरेको बताउनुभयो ।