नेकपाको उपाध्यक्षमा बामदेव गौतम ।


१९ माघ,काठमाडौं ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता तथा सचिवालय सदस्य बामदेव गौतम पार्टीको उपाध्यक्ष भएका छन् । केन्द्रीय कमिटी बैठकबाट प्रस्ताव पारित भएसँगै गौतम उपाध्यक्ष बनेका हुन् ।

यसअघि गत साउनमा नेकपाको सचिवालयले गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको थियो। । आइतबार केन्द्रीय कमिटी बैठकले महासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन र सांगाठानिक प्रतिवेदन पारित गरेपछि गौतम उपाध्यक्ष बनेका हुन्।

केन्द्रीय कमिटी बैठकले सर्वसम्मत रुपमा गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको प्रचार बिभाग उपप्रमुख सूर्य थापाले बताए । विधान संशोधनसँगै उपाध्यक्षका काम, कर्तव्य र अधिकार पनि व्यवस्थित गरिएको उनले जानकारी दिए ।