नेविसंघमा २ उपसभापती र ५ महामन्त्री मनोनित


१९ माघ, काठमाडौं ।

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको तदर्थ समिति १० सदस्यीय बनेको छ । यसअघि  माघ १६ गते नेविसंघ सभापतिमा राजीव ढुंगाना र महामन्त्रीमा मनोज वैद्य र महेश्वरी कुँवरलाई चयन गरेका थिए भने आइतवार समितिमा थप ७ जना मनोनित भएका छन् ।

Image may contain: text

नेपालि कांग्रेसले आइतवार नेविसंघ तदर्थ समितिमा दुई उपसभापति र ५ महामन्त्री थप गरेका छ ।

जसमा उपसभापतिमा झापाकी तुलसा पन्त र रुपन्देहीका मुक्तिराज पौडेल चयन भएका छन् भने  महामन्त्रीमा , धादिङकी उर्मिला थपलिया,स्याङ्जाका युवराज पाण्डे ,तनहुँका दीपक भट्टराई, सिन्धुपाल्चोकका बलदेव तिमल्सिना  र मकवानपुरका प्रभातकुमार दाहाल रहेका छन् ।