सञ्चालनमा आयो होटल अशोका


सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर–६, मंगलगढीचौक देखी पश्चिम पट्टि जुम्लारोडमा सञ्चालनमा रहेको होटल अशोका थप ब्यवस्थापनका साथ वीरेन्द्रनगर–१० बुलबुले नजिकमा सञ्चालनमा आएको छ ।
नेपाल भ्रमण वर्ष २०२० लाई लीक्षत गर्दै करिव १ करोड ५० लाख बराबरको थप लागनीमा होटेल सञ्चालनमा आएको होटल सञ्चालक चिन्तामणी शर्माले बताए ।

उनले भने, ‘कर्णाली प्रदेशको राजधानी सुर्खेत भएसंगै सुर्खेतमा आउने आगन्तुकहरुलाई बास बस्नकोलागि सहज होस भन्ने र नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउने उदेश्यका साथ होटल सञ्चालनमा ल्याएको हो ।’
सञ्चालक शर्माले भने, ‘कर्णाली प्रदेश सरकारले तय गरेको ‘घुमौ कर्णाली’ नारालाई सहाकार पार्नकालागि बाहिरबाट रारा पुग्नकोलागि आउने पर्यटकलाई समेत केही मात्रामा भएपनि बास बस्नकोलागि सहज हुनेछ ।’

होटल सञ्चालक शर्माका अनुसार हाल होटेलमा रु. ८०० देखी २००० सम्मको एसी तथा नन् एसी गरि सानाठुला २५ वटा कोठाबाट सेवाको सुभारम्भ गरिएको छ । होटल सञ्चालनमा आएलगत्तै १५ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन ।
वीरेन्द्रनगरपालिका वडा नम्बर १० बुलबुले नजक रहेको उक्त होटेलको शुक्रबार वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख देवकुमार सुवेदीले एक कार्यक्रममा विच होटेलको उद्घाटन गरेका हुन ।