नायिका महिमा सिलवालको दुर्घटनामा मृत्यु


बुधबार साँझ करिब ५ बजेर ४५ मिनेट जाँदा नायिका महिमा सिलवाल र उनकी बहिनी सर्मिला सिलवालको दुर्घटनामा मृत्यु भएको छ । काठमाडौँबाट चितवन घर जाँदै गर्दा विपरित दिशाबाट आइरहेको लु २ ख १३५ नम्बरको बसले बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई गजुरीमा ठक्कर दिँदा नायिका महिमा सिलवालको घटनास्थलमा नै मृत्यु भएको र सर्मिलालाइ उपचारको लागि काठमाडौँ ल्याउने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ्।

‘कारवाही’ चलचित्रबाट डेब्यु गरेकी नायिका महिमा सिलवालले एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा पनि काम गरिसकेकी थिइन् । त्यसयता उनले,” बोइफ्रेन्ड, अप्रिल फुल जस्ता कयौं फिल्ममा अभिनय गरिसकेकि थिइन।