कर्णालीका युवाहरुलाई राजनीतिमा आउन् ः मन्त्री रावलको आग्रह


पंखबहादुर शाही
फागुन ६ सुर्खेत ।

कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले कर्णालीका युवाहरुलाई राजनीतिमा आउन आग्रह गर्नुभएको छ ।
उहाँले देशको समृद्धि युवाहरु बिना सम्भव नहुने भएकाले युवाहरु राजनीतिमा आई समाज परिर्वतनको बहावमा अघि बढ्न आग्रह गर्नुभयो ।
नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद नेपाल २०७२ को आयोजना तथा जिल्ला युवा समिति सुर्खेत र समाज जागरण स्याक नेपालको संयोजनामा आज राजधानी सुर्खेतमा गरिएको ‘ अन्धविश्वास, लैङ्गिक हिंसा जातिय विभेद् तथा छुवाछुत विरुद्धमा युवा अभियान्’ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

युवाहरु रचनात्मक बने प्रदेश सरकारको साथ रहने पनि रावलले उल्लेख गर्नुभयो । मन्त्री रावलले ‘कर्णालीमा यहि बर्ष देखि बालविवाहको अन्त्य हुने र ‘छुई’ प्रथाको अन्त्य आउँदो असारमा नै गरिसक्ने दावी गर्नुभयो ।’ छुवाछुतको अन्त्य र समाजमा रहेका विकृति, विसंगतिको अन्त्य गरि देश समृद्धिको मुलुकका रुपमा विकास गर्न युवा परिचालन हुनुपर्ने उहाँको ठम्याई छ ।
युवाहरु हरेक जसो तालिममा समावेस हुनुभन्दा पनि सचेत भएर अभियान्को थालनि गर्नुपर्नेमा रावलले जोड दिनुभयो । कर्णालीमा आत्मनिर्भर चेली बनाउँनको लागि‘ छोरि बैँक खाता कार्यक्रम’ सञ्चालनमा ल्याईएको भन्दै मन्त्री रावलले युवाहरुलाई देश विकासमा लाग्न आग्रह गर्नुभयो ।

 

कर्णाली प्रदेश सभा सांसद माननीय सिता नेपालीले ‘ अस्थाई साधन निशुल्क गर्ने सरकारले ‘प्याड’ निशुल्क वितरण गर्न नसकेको भन्दै आलोचना व्यक्त गर्नुभयो । अहिले राज्यले छाउगोठ भत्काउने अभियान् थालेको छ,’उहाँले भन्नुभयो ‘जव सम्म महिलाहरुमा चेतनाको विकास गर्न सकिदैन्,मनका गोठ भत्काउन सकिदैन तव सम्म छाउपढि प्रथा कायमै रहने बताउनुभयो । ‘राष्ट्र निर्माणको निम्ति युवाको भुमिका रहन्छ ,’ सांसाद नेपालीले भन्नुभयो ‘अव सामाजिक सांस्कृतिक रुपान्तरणमा युवाहरु अग्रसर हुन आवाश्यक छ । उहाँले अन्धविश्वासमा युवाहरुले प्रभावकारी, प्रगतिशिल विचार राख्नुपर्ने भन्दै ‘यो देशमा युवाशक्तिले आवाज नउठाएको भए ‘सति प्रथा’ कायमै रहने बताउनुभयो । त्यहिभएर कर्णालीमा अरु भन्दा महिलामा भिन्न विभेद रहेकाले जातिय विभेदको अन्त्य गर्न पनि युवाहरु परिचालन हुनुपर्ने बताउनुभयो । ‘मान्छे एउटै हो ः उहाँले भन्नुभयो’ २०२० सालमा जातिय छुवाछुत अन्त्य भएको भनेपनि अझै जरा गाडिरहेकाले राज्य सँगै जोडेर अभियान चलाईनुपर्ने बताउनुभयो । कर्णालीमा हामीले स्थानीय तह सँग मिलेर जातिय विभेद युक्त स्थानीय तह अभियान् थालिएको कुराको जानकारी दिँदै सांसाद नेपालीले कुरितीको अन्त्य नगरि समाज रुपान्तरण नहुने भएकाले सोचमा परिवर्तन गर्नुपर्ने उल्लेख गर्नुभयो । कानुन बनाउँदा पनि राज्यले युवाशक्तिलाई जोड्नुपर्छ ,’उहाँ भन्नुहुन्छ ।

 

यस्तै कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य तथा युवा सांसद दानसिंह परियारले ‘ विश्वले भ्रष्ट्राचारिको मुलुक भनेर नेपाललाई चिन्न थालेको बताउनुभयो ।’ विश्वका मान्छेले नेपाललाई ५ कुराले चिन्छन् ः १ ) गौतम बुद्धको देश, २) सगरमाथाको देश, ३) विर गोर्खालीहरको देश, ४) पछिल्लो समय भ्रष्ट्राचारिहरु भएको देश र ५) मान्छेले मान्छेलाई नछुने देश ,’उहाँले विश्वमा कामै नगरेर खाने र भ्रष्ट्राचार बढि हुने देश भनेर अहिले नेपाललाई चिन्न थालेको बताउनुभयो । विकशित मुलुकले युवा परिचालन गरेर नै अग्र स्थानमा गएका हुन् ,’उहाँले भन्नुभयो अब नेपालले पनि युवाका लागि राज्यको कुल बजेटको ४० प्रतिशत बजेट छुट्याईनुपर्नेमा जोड दिनुभयो । अव कर्णालीमा युवा परिचालनको लागि कस्तो युवा नीति बनाउँन सकिन्छ अबको लडाई युवाहरुको त्यो तर्फ हुनेमा परियारले जोड दिनुभयो । जसरी पनि युवा नीति कर्णालीमा बनाएरनै छाड्ने प्रतिवद्धता उहाँको छ । कर्णालीको संसदमा कुनै सम्झौता विनानै युवाहरुको बारेमा धेरै वकालत गर्ने सांसद म हो । कर्णालीमा गरिवी छ ,’सांसद परियाले भन्नुभयो ‘ विभेदको एक जरो गरिवी पनि भएकाले कर्णालीका युवाहरुलाई राज्यले रोजगारिको ग्यारेन्टी गर्नुपर्छ,’ सबै पक्षमा युवा पछि छन् रोजगारिको ग्यारेन्टी लिन नसकेपछि भत्ता दिनुपर्छ । कर्णालीको समृद्धि युवाहरुको हातमा रहेकाले राज्यले त्यता तर्फ ध्यान दिन जरुरि रहेको सांसद परियारको जोड छ ।
यस्तै कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले युवा नीति बनाउने काम संघीयको मात्र नभई प्रदेशको पनि भएकाले दुबै तह मिलेर युवाहरुलाई समावेस गरि परिचालन गर्नूपर्नेमा जोड दिनुभयो । यस्तै जिल्ला युवा समिति सुर्खेतका अध्यक्ष टेकेन्द्र बस्नेतले देशको परिर्वतन युवाको हातका रहेको बताउनुभयो ।
यस्तै कार्यक्रममा सहभागि ४० जनाले राज्यको हरेक पक्षमा आवाज उठाउने प्रतिवद्धता जनाएका छन् ।