यूवा व्यवसायी शाहीद्वारा प्रदेश अस्पतालमा मास्क र सेनिटाइजर सहयोग


सुर्खेतका सफल युबा व्यावसायि बखत शाहिले प्रदेश अस्पताल सुर्खेतमा कार्यरत स्वास्थकर्मिहरुका लागि निशुल्क रुपमा सर्जिकल मास्क र सेनिटाइजर लगाएत विभिन्न सामग्रीहरु हस्तान्तरण गरेका छ्न ।

प्रदेश अस्पतालमा सर्जिकल माक्स तथा सेनिटाइजर जस्ता सामाग्रीहरुको अभाव हुँदै जान थालेपछि युबा ब्यबसायी शाहिले अन्य प्रदेशबाट स्वास्थ सामग्रीहरु खरिद गरेर अस्पतालका प्रमुख डा.डम्मर खड्का लाई स्वास्थ सामग्रीहरु हस्तान्तरण गरेका हुन ।

अहिले बजारमा मास्क र सेनिटाइजर दुवैको चरम अभाव भएको भन्दै शाहिले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसलाई रोकथाम गर्न सबैको दायित्व र कर्तव्य भएकाले अन्य प्रदेशबाट स्वास्थ सामाग्रीहरु ल्याई पहिलो प्राथमिकतामा पर्ने स्वास्थ्य चिकित्सकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै वितरण गरेको बताए । उनले आफुसग भएको अन्य माक्सहरु पुन प्रदेश अस्पताललाई सहयोग गर्ने र कोरोना भाइरस रोकथाम गर्नका लागि अन्य सहयोग गर्नुपरे आफु तयार रहेको शाहिले बताए ।