जनचेतनासंगै भारतबाट फर्किएका माथी निगरानी गर्दै नगरपालिका


सुर्खेत चैत्र १२

कर्णाली प्रदेशको राजधानी समेत रहेको
वीरेन्द्रनगर नगरपालिका सुर्खेतले कोरोना (Covid 19) संक्रमण विरुद्ध प्रतिकार्यको लागि सम्पूर्ण वडाहरुमा कोरोना संक्रमण विरुद्ध समन्वय समिति गठन गरी जनचेतना, माईकिङ्ग तथा प्रत्येक टोलमा जिल्ला बाहिरबाट आएका ब्यक्तिहरुमाथी निगरानी बडाइएको छ ।नगरपालिकाले हाल जन माबि, श्रीकृष्ण संस्कृत मावि र अन्य सँस्थाहरुसँग समन्वय गरी करिव १०० शैयाको क्वारेन्टाईन तयार भैरहेको छ ।

तेस्तै फ्रान्सबाट आएकी  संक्रमित किशोरी सवार विमानमा सवार एकजना सम्भावित जोखिम भएका पुरुषलाई आफ्नो घरमा होम क्वारेन्टाईनमा वडा स्वास्थ्यकर्मीको प्रत्यक्ष सम्पर्कमा राखिएको छ भने नगरपालिकाले भारतबाट आएका ब्यक्तिहरुमाथी थप निगरानी राखेको छ ।

विरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालका अनुसार नगरपालिकाका सबै स्वास्थ्यकर्मीहरु, दमकलचालक दल तथा फोहरमैला ब्यवस्थापनको टोलीलाई सजगता अपनाइ चौबिसै घण्टा सम्पर्कमा रहन निर्देशन दिइएको बताउनुभयो उहाँका अनुसार स्वास्थ्यकर्मीहरुको लागि न्यूनतम् आवश्यक पर्ने सुरक्षा सामग्री PPE स्थानीय स्तरमै तयार गर्न लगाई भोलिदेखि वितरण गरीने छ भने
कार्यवाहक नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा प्रमुख, वातावण विपद शाखा प्रमुख र अन्य सरोकारवालाहरु बीचमा सिधा सम्पर्क (आन्तरिक संचार सेट walkie talkie) मार्फत र टेलीफोनबाट प्रहरी प्रशासन सँग निरन्तर समन्वयमा रहेको बताउनुभयो ।

बुधबार नगरपालिकाले जिल्ला प्रशासन कार्यालय सुर्खेत , जिल्ला प्रहरी कार्यालय सुर्खेत र सुर्खेत उद्योग बाणिज्यसंघको सहकार्यमा नगरपालिकाको दमकल प्रयोग गरी आजमात्र नगरपालिकाले डिसईन्फेक्ट विषादि बजार क्षेत्रमा छर्किएको छ।