कोरोना भाइरसबाट संक्रमित नेपाली नागरिक ६ जना


नेपालमा कोरोना भाइरसबाट संक्रमित व्यक्तिको संख्या ६ पुगेको छ ।नेपालको छैटौं कोरोना संक्रमित महिला बागलुङको भएको खुलेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार कोरोना संक्रमणको नतिजा पोजेटिभ आएको बिरामी बागलुङकी ६५ वर्षकी वृद्ध महिला भएको पुष्टि गरे ।

नी नेपालको दोस्रो कोरोना संक्रमित काठमाडौंकी १९ वर्षकी युवती आएकै कतार एयरवेजको क्युआर ६५२ मै चैत ४ गते नेपाल आएकी थिइन् । उक्त जहाजमा आउने तीन जनामा नेपालमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवकोटाले नेपालमा छैटौं कोरोना संक्रमित भेटिएको जानकारी गराएका थिए ।

अहिलेसम्म घरमै बसेकी उनलाई अस्पताल ल्याउने तयारी भइरहेको चिकित्सकहरुले बताएका छन् । संक्रमित छैठौं व्यक्ति पनि सोही फ्लाइटबाट नेपाल आएकी थिइन् जुन फ्लाइटबाट आएकी १९ वर्षीया युवतीमा पनि कोरोना भाइरस संक्रमण पाइएको थियो । उनी अहिले पनि अस्पतालमै उपचाररत छिन् ।

अहिलेसम्म संक्रमित नेपाली नागरिकको संख्या ६ पुगेको छ भने संक्रमित सबै विदेशबाट आएका हुन् ।