जन्मदिनमा आश्रमलाई सहयोग


विरेन्द्रनगर नगरपालिका सुर्खेतका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जन्मदिनको अवसरमा सुर्खेतमा रहेको मानव सेवा आश्रममा आश्रति ब्यक्तिहरुको लकडाउनको समयमा जीवनयापन थप सहज बनाउनका लागि जिन्सी सामग्री अालु १बाेरा ,झाडु १० वटा ,कुचाे १०वटा ,हार्पिक १० बोतल ,बिस्कुट १पेटी,चक्लेट २ पाेका ,मच्छेड धुप ४दर्जन, फुरन दाना१बाेरा, डाइपर २ पाकेट र सरफ गरि ८५०० बराबर सामाग्री सहयोग गर्नुभएको छ  । तेस्तै ढकालले प्रशान्ति बृद्धा आश्रममा सुर्खेतमा समेत नगद ५००० प्रदान गर्नुभएको हो।

सुर्खेतकै चौकुने गाउँपालिकामा २०४१ सालमा जन्मिएका ढकाल अहिले वीरेन्द्रनगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत हुनुहुन्छ कलिलै उमेरमा निजामती सेवामा सफलता हासिल गर्नुभएका ढकालले परोपकारी कर्मपनि मानविय दायित्व भएको भन्दै आफ्नो जन्मदिनको अवसरमा आश्रमलाई आवश्यक सहयोग गरेको बताउनुभयो ।