जनकल्याण साकोसले गर्यो वडा विपद तथा जलवायु उथ्थानशिलता समितिलाई २ लाख सहयोग


सुर्खेत, २२ चैत ।

 वीरेन्द्रनगर नगरपालिका वडा नम्वर १ मा रहेको जनकल्याण साकोसले कोरोना भाईरसको कारण पुरै देश लक डाउनको अवस्थामा हुदाँ अति बिपन्न, दैनिक ज्याला मजदुरी गरि खाने परिवारलाई खाद्यान्न राहत उपलब्ध गराउनका लागी २ लाख बराबरको चेक वडा नम्वर १ का वडा अध्यक्ष गंगाराम सुनार मार्फत उक्त समितीलाई सहयोग गरिएको सहकारीका प्रवन्धक खुमलाल न्यौपानेले जानकारी दिए । शनिवार संस्थाका अध्यक्ष, सचीव, कोषाध्यक्ष तथा सदस्यहरु लगाएको उपस्थीतीमा चेक हस्तान्त्रण गरिएको हो ।