कामना सेवा विकास बैंकले गर्यो राहत सामाग्री हस्तान्तरण


चैत्र २३, सुर्खेत ।
विश्वमा हाल तीब्र रुपमा फैलिएको कोरोना (कोभिड-१९) को रोकथाम तथा ब्यबस्थापक सहयोग पुर्याउदै कामना सेवा विकास बैंकले विरेन्द्रनगर नगरपालिका वडा नं. ७ को लागि राहत सामाग्री हस्तान्तरण गरेको छ !
दैनिक ज्याला मजदुरि गरि जिविका निर्वाह गर्ने घरपरिवारलाई लक्षित गरि राहत प्याकेज स्वरुप चामल, दाल, नुन, तेल लगायतका सामाग्री वडा नं. ७ का वडा अध्यक्ष ध्रुवकुमार चपाईंलाई हस्तान्तरण गरिको कामना सेवा विकास बैकं सुर्खेतका प्रबन्धक रबि ढकालले जनाएका छ्न !


देश पुर्ण रुपमा लकडाउनमा रहेको बेला बैंकले सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत विपन्न वर्गका लागि राहत सामाग्री वितरण गरेको हो !