मेगा बैंकले जम्मा गर्यो कर्णाली प्रदेश विपद व्यवस्थापन कोषमा रु. पाँच लाख


चैत्र २३, सुर्खेत ।
मेगा बैंक नेपाल लिमिटेड कोरोना भाइरस रोकथामका लागि कर्णाली प्रदेश सरकारलाई सहयोग रकम हस्तान्तरण गरेको छ । मेगा बैंक नेपाल लिमिटेडको सञ्चालक समितिले गरेको निर्णय अनुसार मेगा बैंक नेपाल लिमिटेड वीरेन्द्रनगर शाखाका प्रबन्धक श्री विक्रम थापाले मुख्यमन्त्री श्री महेन्द्र बहादुर शाहीलाई ५ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो । सहयोग रकम हस्तान्तरण कार्यक्रममा प्रदेश सरकारका तर्फबाट माननीय मुख्यमन्त्री श्री महेन्द्र बहादुर शाही, मुख्य सचिव श्री टेकनारायण पाण्डे र अर्थ सचिव श्री विष्णु नेपालको उपस्थिती रहेको थियो भने बैंकका तर्फबाट शाखा प्रबन्धक श्री विक्रम थापा र कर्मचारीहरु श्री रमेश शर्मा र श्री गणेश प्रसाद चपाईंको उपस्थिती रहेको थियो ।


मेगा बैंक नेपाल लिमिटेड सञ्चालक समिति कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि केन्द्रीय सरकारले स्थापना गरेको कोषमा १ करोड रुपैयाँ र सात वटै प्रदेशले स्थापना गरेको कोषमा ५–५ लाख गरी जम्मा १ करोड ३५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो । केही प्रदेशहरुमा सहयोग रकम हस्तान्तरण गरिसकेको र बाँकी प्रदेशहरुमा पनि क्रमशः रकम हस्तान्तरण गरिने मेगा बैंकले जनाएको छ ।
मेगा बैंक नेपाल लिमिटेडका सिइओ अनुपमा खुञ्जेलीका अनुसार संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेगा बैंकले गरेको यो सहयोगमा सञ्चालक समितीका सदस्यहरु सहित बैंकका कार्यरत १ हजार २ सयभन्दा बढी कर्मचारीहरुको समेत व्यक्तिगत योगदान गरेका छन् ।