नगर प्रमुख सुबेदीको नगरबासिलाई अपिल


२४ चैत्र , सुर्खेत ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देबकुमार सुबेदीले संकटको समयमा आफु शारीरिक रुपमा नगरपालिकामा नभएपनि प्रबिधिको प्रयोगले मानसिक रुपमा नगरबासी संगै रहेको आज फेसबुक स्टाटस लेखेका छन् प्रमुख सुबेदिले कोरोना विरुद्ध नगरपालिकाले कुनै कसर बाकी नराखी सबै पक्षसँग समन्वय गर्दै अाफ्ना विभिन्न निर्णय तथा गतिविधिहरू सन्चालन गरिरहेको कुरा सबैलाई अवगत नै छ। यस सम्वेदनशिल घडीमा नगरवासीले पुन एकपटक सम्यम्ताका साथ कोरोना विरूद्धको अभियानमा एकजुट भइ लाग्न अनुरोध समेत गर्नुभएको छ।

 

नगर प्रमुखकै शब्दमा

अपिल आदरणीय नगरवासी दाजुभाइ दिदीबहिनीहरु विश्वभरी महमारीको रुपमा फैलिएको COVID 19 को सम्भावित संक्रमणबाट नगरबासीलाइ जोगाउन वीरेन्द्रनगर नगरपालिकाले कुनै कसर बाकी नराखी सबै पक्षसँग समन्वय गर्दै अाफ्ना विभिन्न निर्णय तथा गतिविधिहरू सन्चालन गरिरहेको कुरा सबैलाई अवगत नै छ। यस सम्वेदनशिल घडीमा नगरवासीले पुन एकपटक सम्यम्ताका साथ कोरोना विरूद्धको अभियानमा एकजुट भइ लाग्न अनुरोध गर्दछु । संकटको घडीमा नगरवासीसँग प्रत्यक्ष रूपमा सहभागी हुन नसकेपनि नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी एवं सुरक्षा निकायसँग सम्पर्क समन्वयमा रहेको व्यहोरा जानकारी गराउदै सबै क्षेत्रबाट कोरोना विरुद्धको अभियानमा सहयोगको अपेक्षा गर्दछु । यस संक्रमणलाइ रोक्नका लागि सामाजिक दुरी कायम गरि सरसफाइ सहित घरमा बस्नु नै उत्तम विकल्प हो । अत: नेपाल सरकारद्वारा लागू गरिएको Lock down लाई सबैले पालना गरौं । यो अभियानलाइ साथ एवं सहयोग दिनुहुने अाम नगरवासी अामाबुवा, दाजुभाइ, दिदीबहिनीहरूलाइ हार्दिक अाभार व्यक्त गर्न चाहन्छु । संकटको यस घडीमा अहोरात्र खटिइरहनु भएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, कर्मचारी, सन्चारकर्मी एव्ं निजी तथा सामुदायिक क्षेत्रको सहयोग र सहकार्य प्रति उच्च सम्मान प्रकट गर्दै यस विषम परिस्थितिमा अाफु नगरवासीसँग प्रत्यक्ष सहभागी हुन नसकेपनि मानसिक रूपमा एवं प्रविधिको हिसाबले सँगै रहिरहेको व्यहोरा जानकारी गराउन चाहन्छु । हाल विशेष परिस्थितिका कारण पारिवारिक उपचारका लागि दिल्लीमा रहेको जानकारी गराउन पनि चाहन्छु । अन्त्यमा यस महामारी विरुद्धको अभियानमा सबै पक्षको एकताबद्ध प्रयास एवं सहयोगको अपेक्षा गर्दछु ।

धन्यवाद ।