महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त


२४ चैत्र , सुर्खेत ।

नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् । मन्त्रिपरिषदको आजको बैठकले अधिकारीलाई राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको हो।

उनी अर्थमन्त्री निकट मानिन्छन् । यसअघि अर्थमन्त्री खतिवडा नेतृत्वको सिफारिस समितिले अधिकारी सहित चिन्तामणि सिवाकोटी र राजन खनालको नाम सिफारिस गरेको थियो। उनी पूर्व डेपुटी गभर्नर हुन् । उनलाई यसअघि पनि गभर्नरमा सिफारिस गरिएको थियो । तत्कालिन गभर्नर डा. युवराज खतिवडाको पालामा उनी सहयोग गर्ने र निकट रहेका व्यक्ति मानिन्छन् । उनी अर्थमन्त्रीका नजिक छन् ।

उनी लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत समेत हुन् ।