राहत वितरण व्यवहारिक बनाउन नेकपा नगर कमिटीको अनुरोध


२५ चैत्र , सुर्खेत ।

कर्णाली प्रदेशको राजधानी समेत रहेको विरेन्द्रनगर नगरपालिका सुर्खेतमा कर्णाली प्रदेशका विभिन्न जिल्ला तथा अन्य प्रदेशबाट विभिन्न तवरले राजधानीमा बसोबास गर्ने तर विभिन्न कारणले नगरपालिकाले बितरण गरेको राहत नपाएका मजदुर ,विद्यार्थी र विभिन्न पेशामा आबद्ध लकडाउनका कारण खाद्यान्नको समस्या भएका नागरिकहरुलाई तत्काल राहत तथा खाद्यान्न उपलब्ध गराउन कर्णाली प्रदेश सरकार समक्ष नेकपा विरेन्द्रनगर नगर कमिटीले अनुरोध गरेको छ ।नगर कमिटी अध्यक्ष गंगाराम तिमिल्सेना र सचीव गणेश बहादुर ओलिले प्रेस बिज्ञप्ति मार्फत राहत बितरणमा सहजीकरण गर्नका लागि तिनै तहका सरकारलाई अनुरोध समेत गरेको छ।

भेटघाट पश्चात् कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले वीरेन्द्रनगर नगरपालिकाको समस्या लाई प्रदेश सरकारले सम्बोधन गर्ने बताउनुभएको नगर कमिटी अध्यक्ष गंगाराम तिमिल्सेनाले जानकारी दिनुभयो ।