कोरोनाको कारण रोमानियामा रहेका नेपाली जोखिममा


२६ चैत्र , सुर्खेत ।

सबिन आचार्य बुकारेस्ट, रोमानिया पछिल्लो समय नेपाली कामदारको मुख्य गन्तव्य बनेको रोमानियामा कोरोनाको कारण त्यहा रहेका नेपाली उच्च जोखिममा परेका छन । पुर्बी युरोपमा अबस्थित रोमानियामा पछिल्लो समयमा कोरोनाको प्रभाव झन बढ्दै गएपछि त्यहाँ रहेका नेपालीको भबिस्य बारे चिन्ता थपिएको छ ।

रोजगारीको सिलसिलामा यहाँ आएका नेपालीहरु आफुले काम गर्दै आएका कम्पनीहरु बन्द भएपछि त्यहा रहेका करिब २५०० नेपालीहरुमा अन्योल बढेको छ । रोमानियामा रहेका प्राय नेपालीहरु विशेष गरि होटल, रेस्टुरेन्ट, निमार्ण सेवा, औद्योगिक क्षेत्र कृषि लगायतका क्षेत्रमा काम गर्छन् । ति क्षेत्रमा काम गर्ने प्राय नेपालीहरु अहिले होम क्वारेन्टाइनमा छन् । जसले गर्दा उनीहरुको दैनिकी कष्टकर बन्दै गइरहेको छ । नेपालबाट करिब १ महिना अघि मात्र आएका सागर गिरिले आफुहरु यहाँ आए देखि काम गर्ने होटल बन्द भएको र कम्पनीले आफुहरुको तलब दिने या नदिने बारे अहिले सम्म केही नबताएकोले रोजगारी गुम्ने चिन्ता बढेको बताउँछन् ।

लाखौं खर्च गरेर यहाँ आइयो, होटल बन्द भएकोले अहिले सम्म काम गर्न सकेको छैन, कहिले खुल्ने हो त्यो पनि थाहा छैन अन्योलमा नै छौ उनले भने । त्यस्तै झन्डै १० महिना अघिदेखि रेस्टुरेन्ट क्षेत्रमा काम गर्दै प्रदीप श्रेष्ठले एक महिनादेखि आफुहरुको काम बन्द भएको र अब कहिले खुल्छ भन्ने बारे अन्योल रहेकोले लामो समय बन्द हुदा आफुहरु थप सन्कट मा पर्ने बताउछन । रोमानियाका लागि नेपाली Honorary Consul नवराज पोखरेलले भने यो संकटको समयमा सबै नेपालीहरुमा सुरक्षित भएर बस्न आग्रह गर्नुभयो ।

पछिल्लो समय कोरोनाको संक्रमण बढ्दै जादा यहाँ रहेका नेपालीहरुमा पर्न सक्ने प्रभाव, जोखिम र संकटबारे आफुले जर्मनीमा रहेको दूतावासलाई जानकारी गराइरहेको र एनाअरएन लगायतका निकायसंग नियमित समन्वयमा रहि यो संकटबाट यहाँका नेपालीलाई पर्ने समस्या र समाधानबारे छलफल भैरहेको उनले जानकारी दिए । त्यस्तै यहाँ रहेका प्राय कम्पनीहरुले नेपाली कामदारहरुलाइ ५० देखि ७५ प्रतिशत तलब भुक्तानी दिने गरि बिदा दिइएको र अनुमानित ४००-५०० कामदारहरुलाई कम्पनीले बेतलबी बिदा दिएको पनि उनले जानकारी गराए । साथै कोहि कसैले पनि यो समयमा आफुले काम गर्दै आइरहेको कम्पनी नछाड्न र राजिनामा नदिन उनले नेपालीहरुमा आग्रह गरे । रोमानियामा यो समाचार तयार पार्दा सम्म ४०५७ जना कोरोना सक्रमित छन भने १५७ जनाको मृत्यु भैसकेको छ । जसमा अहिले सम्म कुनै नेपालीमा पनि सक्रमण देखिएको छैन ।