एशियन लाइफ इन्स्योरेन्सको पाँच लाख सहयोग


चैत्र २७ , सुर्खेत ।

कोरोना भाईरस कोभिड(१९) रोकथाम नियन्त्रण र उपचारका लागि कर्णाली प्रदेश सरकारले स्थापना गरेको प्रदेश विपद् व्यवस्थापन कोषमा एशियन लाइफ इन्स्योरेन्सदले पाँच लाख रुपैंया जम्मा गरेको छ ।

एशियन लाइफ इन्स्योरेन्स कम्पनीको १३ औं बर्ष प्रवेश गरेको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत , बिहिवार कर्णाली प्रदेश सरकारले स्थापना गरेको प्रदेश विपद् व्यवस्थापन कोषमा जम्मा हुने गरि आन्तरिक तथा कानुन मन्त्री नरेश भण्डारीलाई चेक हस्तान्तरण गरिएको हो ।

विपत्तीको बेला सबैले सहयोग गर्नु पर्छ भनेर कम्पनीले सबै प्रदेशमा ५ लाख दिने निर्णय गरेको कम्पनीका सहायक महाप्रबन्धक एवं कर्णाली प्रदेश प्रमुख विजय पराजुलीले बताए । कम्पनीले उपलब्ध गराएको चेक ग्रहण गर्दै कानुन मन्त्री भण्डारीले सबैको सहयोगबाट कोरोना प्रकोप मात्र होइन अन्य प्राकृतिक विपत्तीहरुको सामाधान गर्न सकिने बताए ।