प्रभु बैंकको विरेन्द्रनगर नगरपालिका लाई सहयोग


चैत्र २८ , सुर्खेत ।

वीरेन्द्रनगर नगरपालिकाको ” वीरेन्द्रनगर नगरपालिका नगरकार्यपालिकाको कार्यालय प्रकोप व्यवस्थापन कोष ”  मा जम्मा हुने गरी प्रभु बैंक शाखा कार्यालय सुर्खेत ले रु एक लाख पचास हजार को चेक हस्तान्तरण गरेको छ ।

बैंकका प्रदेश मेनेजर शरद तिमिल्सेनाले नगरपालिकाका कार्यवहाक प्रमुख मोहनमाया ढकाल र प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकाललाई चेक हस्तान्तरण गरेका छन् ।

नगर कार्यपालिकाले कोरोना संक्रमण, रोकथाम, नियन्त्रण र उपचारका लागि प्रकोप व्यवस्थापन कोष स्थापना  गरेर प्रेस विज्ञप्ती मार्फत सहयोगकका लागि अपिल गरेको  थियो ।अपिल गरेसंगै कोषमा रकम जम्मा हुने थालेको कार्यवहाक प्रमुख मोहनमाया ढकालले वताउनु भएको छ । राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय सुर्खेतमा रहेको प्रकोप व्यवस्थापन कोषको खाता नम्बर ४०८०३०५०५०००२ मा रहेको रकम कारोबार गर्ने गरी २ करोडको कोष स्थापना गरेको हो । कोषमा हाल नगर स्तरिय ठुला ४ वटा आयोजनाहरुबाट प्रति योजना ५० लाख ( २ करोड ) र प्रत्यक वडा का योजना बाट ५ लाख ( ८० लाख ) रकमान्तर गरि जम्मा २ करोड ८० लाख जम्मा भएको प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले वताउनु भयो र प्रभु बैंकको सहयोग बाट अहिले प्रकोप व्यवस्थापन कोषमा दुई करोड एकासी लाख पचास हजार जम्मा भएको पनी जानकारी दिनु भएको थियो  ।