लकडाउनमा जनकल्याण साकोसद्बारा रक्तदान


२९ चैत , सुर्खेत । जनकल्याण साकोस वीरन्द्रनगर १ , सुर्खेतको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यालय परिसरमा शनिवार विहान सम्पन्न उक्त कार्यक्रममा २५ पिण्ट रगत संकलन भएको अध्यक्ष महेन्द्र प्रसाद शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार सहकारीका सञ्चालक समिति, उपसमिति सदस्य, कर्मचारी तथा सेयर सदस्यहरु लगायत स्थानीयले रक्तदान गरेका थिए ।

लकडाउनको कारण सुर्खेतमा रगत अभाव हुन थालेकोले नेपाल रेडक्रस सोसाइटी सुर्खेत शाखासंगको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा ४ जना महिला र २१ जना पुरुषले जम्मा २५ पिण्ट रक्तदान गर्नुभएको छ । संकलन भएको रगत रेडक्रस सुर्खेत शाखामा रहने र आवश्यकता बमोजिम प्रयोग गरिने रेडक्रस उपशाखा भैरवस्थानका अध्यक्ष कृष्ण गौतमले बताउनुभयो ।