वीरेन्द्रनगर नगरपालिकामा १७७ जनाको स्वाव संकलन


सुर्खेत , १ जेष्ठ । वीरेन्द्रनगर नगरपालिका नगरकार्यपालिकाको कार्यालयको समन्वयमा समुदायसंग प्रत्यक्ष जोडियर काम गर्नेहरुको कोरोना परिक्षणको लागी  संकलन गरि प्रयोगशालामा पठाइएको छ ।

कोरोना संक्रमण सुर्खेतको सिमाना जोडिएको बाँके र बर्दियामा देखिइसकेको छ । बिहिवार विहान नगरपालिकाको कार्यालयमा १७७ जनाको स्वाव संकलन गरिएको हो । वीरेन्द्रनगर नगरपालिकाका जनप्रतिनिधी, कर्मचारी, पत्रकार, उद्योग बाणिज्य संघका पदाधिकारी, सुर्खेत उपत्यका खानेपानी कार्यालयका पदाधिकारी र बिभिन्न तरिकाले उपत्यका छिरेका केही व्यक्तीहरुको  को स्वाव संकलन गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टीकाराम ढकालले जानकारी दिनुभयो ।

संकलित नतिजाको रिपोर्ट पश्चात अवस्था विश्लेषण गरि जोखिम देखिएका स्थानमा समेत स्वाव संकलन र परिक्षण कार्य गरिने कार्यबाहक नगर प्रमुख मोहनमाया ढकालले जानकारी दिनुभयो ।

 

 

 

बुधवार मात्र कर्णाली प्रदेश सरकारले ४३ जना पत्रकारहरुको कोरोना परिक्षणको लागी नमुना संकलन गरेको थियो ।