जेठ २० गते सम्म लकडाउन लम्ब्याउने मन्त्रिपरिषदको निर्णय


४ जेष्ठ , सुर्खेत  ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन जेठ २० गते सम्म लम्ब्याउने निर्णय गरेको छ ।

कोरोनाभाइरसको संक्रमण फैलिन नदिन सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो तर पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा कोरोना संक्रमितको संख्या बढेको र २ जनाको मृत्युसमेत भएको छ ।

यसअघि थपिएको लकडाउनको अवधि भोलि सकिँदै थियो।