सिडेन द्बरा प्रदेश अस्पताललाई अत्याधुनिक हात धुने मेशिन हस्तानतरण।


जेष्ठ ४ , सुर्खेत ।

कोरोना भाइरसको विश्वव्यापी महामारीका बेला सिडेन कर्णाली प्रदेश समिति द्वारा प्रदेश अस्पताल सुर्खेतलाई अत्याधुनिक हात धुने मेशिन हस्तान्तरण गरेको छ ।
प्रदेश अस्पतालमा बिरामीहरुको चाप भईरहने अबस्थामा कोरोनाको जोखिम बाट बच्न खुट्टाले थिची चल्ने हात धुने मेसिन निकै उपयोगी हुने भएकाले प्रदेश अस्पताललाई हस्तान्तरण गरिएको सिडेन कर्णाली प्रदेश समितिका सभापति हरि केसिले बताए ।

उनले हातले पटक पटक पानीको धारा र ह्यान्ड बास छुँदा ब्याक्टेरिया सर्न सक्ने जोखिम भएकाले खुट्टाले चलाउने प्रणालीबाट बनाईएको मेशिन अस्पताललाई उपलब्ध गराईएको बताए ।
मेशिन हस्तान्तरण का क्रममा प्रदेश अस्पतालका मेडिकल सुपरिटेन्डेट डा. डम्बर खड्काले उपलब्ध गराएको मेसिन अस्पतालका लागि निकै उपयोगी हुने बताए । डा. खड्काले सिडेनद्बरा गरियको कार्य अत्यन्तै सर्हानीय र कोभिड १९ को विरुद्ध लड्न प्रदेश अस्पताललाई सहयोग गरेकोमा धन्यवाद ज्ञापन व्यक्त गरे ।