एक कलाकार जो राहत वितरणमा केन्द्रित भए


देश नै लकडाउनमा गएको एक महिना भन्दा बढि भएको छ । यतिबेला राजधानीमा कोठा भाडामा बस्ने, विद्यार्थीहरु समस्यामा छन् । वीरेन्द्रनगर नगरपालिकाले पनि राहत वितरण गर्दै आइरहेको छ । वीरेन्द्रनगरमा कोही भोकै परेको खण्डमा सहयोग गर्न कलाकार, तरुण दल सुर्खेतका सभापति हरि विष्ट यतिबेला राहत वितरणमा केन्द्रित भइरहेका छन् । तरुण दलको सहयोगमा साझा घर लाई सहयोग गरेका उनले एक सय भन्दा बढि परिवारलाई राहत दिइसकेका छन् ।

चिंगाड गाउँपालिकामा तरुण दलको तर्फबाट दाल चामल दिएका छन् भने वीरेन्नद्रनगरमा आवश्यकता अनुसार दाल, चामल, ग्याँस, औषधी, आइरन चक्की वितरण गरिरहेका छन् । तरुण दलको तर्फबाट १३५ तथा नीजि लगानीमा १ सय पाँच परिवारलाई उनले राहत दिइ सकेका छन् । उनले हालसम्म धेरै गीतहरु बजारमा ल्याइसकेका छन् । उनलाई कर्णालीकै चर्चित कलाकारको रुपमा लिइन्छ । उनी समाजसेवी पनि हुन ।

उनले  जाजरकोटको जुनीचाँदे गाउँपालिका–१० का चन्द्र बहादुर रोकाया र उनका भाई सुर्खेतको वीरेन्द्रनगरमा बसेर पढ्छन् । बुवाआमा भारतमा छन् । कमाउन गएका उनका बुवाआमा ‘लकडाउन’ का कारण न कमाउन सकेका छन्, न त स्वदेश आउन नै पाएका छन् ।यता चन्द्रका दुई भाईलाई भने छाक टार्न हम्मेहम्मे छ । लकडाउन घोषणा भएको एक हप्तापछि कोठामा भएको चामल सकियो । त्यसयता अहिले पनि उनीहरु घरबेटीकै सहयोगमा गुजारा चलाईरहेका छन् ।

चैत २ गते उनी बस्ने वडा कार्यालयले उनका दुई भाईलाई भनेर राहत स्वरुप दुई किलो चामल र एक किलो दाल दियो । चन्द्रलाई भने राहत महसुश नै भएन । ‘राहत लिन गयौं, दुई किलो मात्र दियो,’ चन्द्रले भने, ‘दुई भाई छौं, हिजो ल्याएको चामल भोलीसम्म सकिन्छ । त्यपसपछि फेरि घरबेटीसँग सापटी माग्नुपर्छ । यसलाई कसरी राहत भन्नु ।’


वीरेन्द्रनगर–१२ मा डेरा गरी बसिरहेका छेडागाड नगरपालिका–६ जाजरकोटका राजेन्द्र शर्माले बुधवार वडा कार्यालयबाट राहतस्वरुव चार किलो चामल पाएका थिए । नगरपालिकाको परिपत्र अनुसार टोल विकास समितिको सिफारिसमा राहत बाँडिरहेका वीरेन्द्रनगरभित्रका वडाहरुले पहिलो चरणमा स्थायी वासिन्दालाई राहत दिईसकेपछि दोस्रो चरणमा विद्यार्थीलाई राहत दिने गरेका छन् ।

बाहिरबाट आएर भाडा तिरेर बसिरहेका विद्र्याीहरुले परिचयपत्र भएपछि वडाबाट राहत पाउँछन् । वडाले दिने राहत आफूहरुका लागि भरपर्दो भने नभएको गुनासो विद्यार्थीको छ ।
‘वडाबाट २–४ किलो चामल दिन्छ, त्यस अनुसार केही दाल दिन्छ । बाँकी नुन, तेल कहाँबाट किन्ने ?’ उनले भने, ‘घरबाट पैसा पठाउने कुनै विकल्प छैन, पठाएपनि यहाँ निकाल्ने अवस्था छैन । वडाले दिएको दुई÷चार किलो चामल लकडाउन अवधिभर धान्ने त कुरै भएन ।’

एकपटकमा थोरै दिएपनि समयसमयमा पाउने व्यवस्था भए सहज हुने शर्माले बताए । ‘अहिले पाएको दुई÷चार किलोले लकडाउन हुँदा सम्म धान्दैन, लकडाउन थपिईराखेको छ । फेरि पनि राहत पाउने÷नपाउने केही थाह छैन ।’ उनले भने ।
यी विद्यार्थीलाई मात्र होईन राज्यद्वारा दिइएको राहतले समस्या समाधान नभएपछि कतिपयले सहयोगको अपील गरेर आफ्नो खाने खर्च व्यवस्थापन गरिरहेका छन् ।

वीरेन्द्रनगर–२ बस्ने भक्त बहादुर पौडेलले केही दिनअघि एकजना युवा समाजसेवीलाई मोवाईलबाट म्यासेज पठाए । ‘हाम्रोमा खाने कुरा सकियो दाई, कमाउने बाटो छैन’ भन्ने सन्देश आफ्नो ठेगानासहित उनले पठाए । म्यासेज पाएका ति समाजसेवीले त्यसको दुई दिनपछि उनको घरमा पुगेर चामल, दाल, तुन, तेल लगायतको खाद्य सामग्री दिए ।

भारतमा रोजगारीका क्रममा दुर्घटना हुँदा मेरुदण्ड भाँच्चिएका पौडेल अहिले ह्वीलचियरमा बसेर साँघुरो आँगनमा दिन विताईरहेका छन् । दुई छोराछोरी र आफूलाई पाल्न पौडेलकी श्रीमति दैनिक मजदुरी गर्छिन् । लकडाउनका कारण त्यही पनि रोकिएको छ ।
‘हामीसँग काम गरेको पैँसा नआए खानेकुरा केही हुँदैन, वडाले दिएको थोरै राहत दुई÷तीन दिनमै सकियो ।’ पौडेलले भने, ‘राज्यले दिएको राहतले नपुगेपछि अरुसँग सहयोग मागेर खर्च चलाउनुपरेको छ ।’


राहत स्वरुप वडाबाट दिईने खाद्यान्नले मात्र आफ्नो समस्या समाधान नभएको वीरेन्द्रनगर–४ बस्ने नन्दकला विकले बताईन् । उनी वीरेन्द्रनगरमा भाडामा बस्दै आएकी छिन् । दैनिक ज्यालामजदुरी गरेर खर्च व्यवस्थापन गरिरहेकी नन्दकलालाई पनि लकडाउनका कारण छाक टार्नै समस्या हुने गरेको छ ।
‘मैँले त अहिलेसम्म वडाबाट पाएकी पनि छैन, वरपरका केहीले थोरै पाएका छन्,’ उनले भनि