दैलेखका १ जना पुरुषमा कोरोना संक्रमण


कर्णाली प्रदेशमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । दैलेख आठबिस नगरपालिका वार्ड नम्बर १का ३५ वर्षिय पुरुषमा pcr परीक्षण पोजेटिभ देखिएपछि पुन परीक्षणका लागि नेपालगञ्ज प्रयोगशालामा पठाउदा परीक्षणका क्रममा संक्रमण देखिएको कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले जानकारी दिए ।

यो संगै नेपालमा सातै प्रदेशमा कोरोनाको संक्रमति देखिएका छन् ।