समाजसेवी जयन्ती थापाको सहयोगमा खाद्यान्न सामाग्री वितरण


अमेरिकामा बस्दै आएकि समाजसेबि जयन्ती थापाको सहयोग र पत्रकार महासंघ सुर्खेतको समन्वयमा विभिन्न जिल्लाबाट सुर्खेत आई पत्रकारितामा क्रियाशिल रहेका पत्रकारहरुलाई राहत वितरण गरिएको छ ।

कोरोना भाइरस संक्रमणको संख्या बढेसगैं लम्बिएको लकडाउनका कारण सिर्जित असहज परिस्थितीमा विभिन्न जिल्लाबाट सुर्खेतमा रहेर पत्रकारितामा क्रियाशिल पत्रकारहरुलाई राहत प्रदान गरिएको हो ।

राहत वितरण कार्यक्रममा समाजसेवी जयन्ती थापाका बुवा धर्मजंग थापाले लकडाउनका कारण समस्या खेप्दै आएका सञ्चारकर्मीहरुलाई सहयोग गर्ने उद्देश्यले राहत वितरण गरिएको जानकारी दिए । उनले सूचनाका सम्बाहक पत्रकारहरु पनि लकडाउनमा सास्ती भोग्नुपरेको हुनाले अमेरिका बाट छोरी जयन्तीले पठाएको ३१ हजार रुपैया बराबरको खाद्यान्न सहयोग महासघ मार्फत सहयोग गरेको बताए ।

नेपाल पत्रकार महासंघ सुर्खेत शाखालाई प्राप्त भएको खाद्यान्न सामग्री वीरेन्द्रनगरमा कोठाभाडामा बस्ने, न्यून आयस्रोत भएका २० जना पत्रकारहरुलाई वितरण गरिएको थियो ।