सुर्खेतका ३ जनामा कोरोना पुष्टि


सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरसबाट संक्रमितको संख्या ४ पुगेको छ । शनिबार थप ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएसंगै संक्रमितको संख्या ४ पुगेको हो ।

प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डा डम्बर खड्काका अनुसार आज कोरोना पुष्टि भएका तीन जना भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । संक्रमित सुर्खेतको बराहताल गाउँपालिकाका २ जना र चौकुने गाउँपालिकाका १ जना रहेका छन् ।