क्वारेन्टाइन व्यवस्थापनमा जाेड दिदै वीरेन्द्रनगर


कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले नगर भित्रका ६४ वटै सामुदायिक बिधालयलाई क्वारेन्टाइनको रुपमा ब्यबस्थापन गरि प्रयोग गर्ने निर्णय गरेको छ मंगलबार कार्यबाहक नगर प्रमुख मोहनमाया ढकालको अध्यक्षतामा बसेको बैठकले क्वारेन्टाइन निर्माण तथा ब्यबस्थापन गर्ने निर्णय गरेको हो ।
नगरपालिकाले भारत तथा अन्य मुलुकबाट आएका १३६ जनाको आरडिटी टेष्ट गरेकोमा ११९ जनाको रिपोर्ट नेगेटिभ तथा १७ जनाको रिपोर्ट पोजेटिभ आएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले बताउनुभयो ।उहाँले नगरपालिकाले परीक्षणको दायरा बडाउनका लागि किटको अभाव भएको हुँदा परीक्षण किटको सहज ब्यबस्थापनका लागि प्रदेश तथा केन्द्रिय सरकारको ध्यान जानुपर्ने बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत ढकालले फेसबुक स्टाटस मार्फत अति आवस्यक काम बाहेक घर बाहिर नजान नगरबासिलाइ आग्रह गर्नुभयो दिनभर ब्यबस्थापन पश्चात् आफु होम क्वारेन्टाइनमा बसेको र नगरपालिकाका अन्य कर्मचारीलाई समेत कोरोना ब्यबस्थापन पश्चात् होम क्वारेन्टाइनमा बस्न अनुरोध गरेको बताउनुभयो ।हाल वीरेन्द्रनगर नगरपालिकामा बालमन्दिर आधारभूत विद्यालय, जन माध्यमिक विद्यालय, त्रिपुरेश्रवर माध्यमिक विद्यालय, चन्द्रगंगा माध्यमिक विद्यालय र शिक्षा क्याम्पस सुर्खेतको मैत्री भवनमा क्वारेन्टाइन स्थापना गरी सञ्चालन गरिएको छ। नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा २ सय ४७जना बसिरहेका छन्।