लकडाउनमा वीरेन्द्रनगर जेसिज द्बारा रक्तदान


१५ जेष्ठ , सुर्खेत । वीरेन्द्रनगर जेसिजले गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

वीरेन्द्रनगर जेसिज सचिवालय परिसरमा बिहिवार विहान सम्पन्न उक्त कार्यक्रममा २२ जना वाट २२ पिण्ट रगत संकलन भएको अध्यक्ष शिवराज घिमिरेले जानकारी दिनुभयो । घिमिरेका अनुसार पुर्व अध्यक्षहरु जेसि पुर्ण बहादुर नेपाली , जेसि सरस्वती बस्नेत , जेसि भद्र भण्डारी ,जेसि बिमल पोख्रेल , जेसि उपेन्द्र सुवेदी , जेसि वितिहोत्र बसिष्ठ लगायत वीरेन्द्रनगर जेसिज को बोर्डले रेडक्रसको सहकार्यमा रक्तदान गरेका थिए ।

लकडाउनको कारण सुर्खेतमा रगत अभाव हुन थालेकोले नेपाल रेडक्रस सोसाइटी सुर्खेत शाखासंगको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जेसिज को पुर्व अध्यक्ष सरस्वती बस्नेतले कोभिड १९ ले ग्रस्त अवस्थामा जे.सि. आई वीरेन्द्रनगरले उदारणिय कार्य गरेको वताउनुभयो भने उक्त कार्यक्रम का प्रमुख अथिति पुर्व अध्यक्ष हरिहर बस्नेतले जेसीज को मर्म मानवता को सेवा नै मानव जीवन को सर्वोत्म कार्य हो भन्ने मूल मन्त्र को आत्मसाथ गर्दै उदाहरणीय कार्य गरेको बताउनुभयो ।

हाल प्रदेश अस्पतालहरुमा रगतको माग बढी रहेको अवस्थामा यो कार्यक्रम आयोजना गरेको मा जे.सि.आई. वीरेन्द्रनगर लाई कार्यक्रमका प्रमुख अथिति बस्नेतले धन्यवाद दिनुभयो ।