लकडाउन जेठ ३२ सम्म लम्ब्याउने निर्णय


१७ जेठ, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ ।

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।]सरकारले चैत ११ गतेदेखि गरेको लकडाउन जेठ २० गते समाप्त हुँदै थियो । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेपछि सरकारले लकडाउन थप्ने निर्णय गरेको हो ।

असार १३ गतेसम्म विमानस्थल बन्द गर्ने पनि सरकारले निर्णय गरेको छ ।