प्रदेश सरकारको मकैबारीमा गाइवस्तु चर्दै


कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले केही दिन अगाडि आन्तरिक मामिला तथा कानुन मन्त्रालय आगाडीको खुल्ला चौर ट्याक्टरले जोते अनि कर्णाली प्रदेश सरकारका अन्य मन्त्रीहरुले मकैको बीउ हाले ।यता विरेन्द्रनगर नगरपालिकाले गुरुयोजना अनुरुप मकै रोप्नन नमिल्ने भन्दै प्रेस नोट जारी गरेको थियो ।सामाजिक संजालमा कर्णाली प्रदेश सरकारले कोरोना ब्यबस्थापनमा नलागी मकै रोप्न्न लागेको भन्दै नागरिकले  आलोचना गरे ।
श्रम दिवसको अवसरमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आयोजना गरेको खाद्य सुरक्षाका लागि उत्पादन विषेश अभियान शुभारम्भ गर्ने भन्दै रोपिएको मकैमा एक महिना नबित्दै मकैखेती छाडा गाइवस्तु चर्ने ठाउँ भएको छ। प्रदेश सरकारले जग्गा बाँझो रहन नदिन जमिन बाँझो नराखौं, सक्नेलाई खे ितगर्न दिउँ भन्ने नाराका साथ यो अभियान सुरु गरेको थियोे कोरोना ब्यबस्थापनमा नलागी मकै छर्न लागेको भन्दै सुरुवात देखिनै आलोचना भएको थियो l