ने.बि.संघद्बरा मध्यपश्चिमाञ्चल विश्वविद्यालय क्वारेन्टाईनमा बसेकालाई सहयोग


जेष्ठ २०, सुर्खेत ।

नेपाल विद्यार्थी संघले भारतबाट आएर मध्यपश्चिमाञ्चल विश्वविद्यालय क्वारेन्टाइनमा बसेका २९४ जनालाई सावुन, चाउचाउ, पानी र माक्स वितरण गरेको छ ।
विश्वविद्यालयका स्ववियु सभापति झक्कबहादुर शाहीको नेतृत्वमा क्वारेन्टाइनमा बसेका २९४ जनालाई सावुन, चाउचाउ, पानी र माक्स उपलब्ध गराएको नेपाल विद्यार्थी संघ सुर्खेतका नेता गौतम विसीले बताए ।

‘विश्वविद्यालयका स्ववियु सभापति झक्कबहादुर शाहीले उहाँहरुलाई क्वारेन्टाइन स्थलमै गएर सावुन, चाउचाउ, पानी र माक्स उपलब्ध गराएई नेपाल बिद्यार्थि संघको तर्फ बाट शिघ्र स्वास्थ्य लाभको कामना सहित सम्पुर्णमा उच्च मनोबल राख्न बताए । सभापति शाहिले नेपाली दाजुभाईहरु निकै खुसी हुनुभयो, दुःखका बेला आफुले सक्दो सहयोग गर्नुपर्छ भन्ने लागेर नेबिसघको पहलमा राहत सामाग्री वितरण गरिएको हो,’ सभापति शाहिले भने,‘सुर्खेतका विभिन्न स्थानहरूमा रहेका क्वारेन्टाइनहरुमा पनि सहयोग गर्ने सोचमा छौ ।’
क्वारेन्टाइनमा रहेका नागरिकहरुलाई राहत सामाग्री हस्तान्तरण सहित अभियानलाई सफल गराउन नेबिसघका रोशन बस्नेत,सविन शर्मा, दिपेन कोइराला, विवेक खड्का, रमेश बुढा, , रामचन्द्र भण्डारी, शिवराज शर्मा र राकेश्वर यादव लगाएतले महत्वपुर्ण भुमिका निर्वाह गरेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयका स्ववियु सभापति झक्कबहादुर शाहीले बताए ।