आन्तरिक मूल्यांकनबाटै एसइईको ग्रेडसिट दिइने


०७६ सालको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) परीक्षा नहुने भएको छ । विद्यालयले लिएको आन्तरिक परीक्षाका आधारमा ग्रेडसिट दिने गरी कानुनी व्यवस्था गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।

एसइईको विषयमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बुधबार मन्त्रिपरिषदमा प्रस्ताव लगेका थिए । शिक्षामन्त्री पोखरेलले एसइईका विषयमा आन्तरिक मूल्यांकनका आधारमा ग्रेडसिट दिने निर्णय भएको बताए । कक्षा १२ को परीक्षा भने उपयुक्त समयमा लिने तयारी छ ।

चैत ६ गते हुने कक्षा १० को एसइई परीक्षा कोरोना जोखिमका कारण गत चैत ५ गतेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयपछि स्थगित भएको थियो ।