कर्णालीको कूल बजेट ३३ अर्ब ७४ करोड


सुर्खेत। कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/ ०७८का लागि बजेट ल्याएको छ प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आज कर्णाली प्रदेश सभा समक्ष उक्त प्रदेशको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको छ।कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि कुल रु. ३३ अर्ब ७४ करोडको वजेट ल्याएको छ।कुल वजेट मध्ये पुँजीगत खर्च ५७ प्रतिशत, चालु खर्च ३४ प्रतिशत र वित्तीय हस्तान्तरण तर्फ ९ प्रतिशत विनियोजन गरिएको छ ।कर्णाली प्रदेश सरकारको बजेटले कोरोना ब्यवस्थापन रोजगारी सिर्जना र भौतिक विकास निर्माणलाई प्राथमिकता दिएको छ।

 

आर्थिक बर्ष २०७७/७८ को बजेटले प्रदेश राजधानी वीरेन्द्रनगरको एकीकृत विकासका लागि ५१ करोड बजेट बिनियोजन गरेको छ ।  बजेटले प्रशासनिक खर्च कटौतीका लागि  ‘नयाँ संगठन संरचना स्थापना नगर्ने, एम्बुलेन्स वाहेकका सवारी साधन खरिद नगर्ने लगायत मन्त्री, राजनीतिक पदाधिकारी तथा कर्मचारीको अतिथि सत्कार, सञ्चार, बैठक भत्ता, खाजा खर्च र जोखिम भत्ता खारेज गरिएको छ ‘कार्यालय सञ्चालन, मर्मत, इन्धन, विविध खर्च, भ्रमण खर्च, फर्निचर लगायतका शिरोभार खर्चमा करीब ६० प्रतिशत कटौति गरिएको छ ।

’यता व्यावसायिहरुले भने कर्णाली प्रदेश सरकारको बजेट औपचारिकता पूरा गर्न मात्र ल्याइएको भन्दै आलोचना गरेका छन् सुर्खेत उधोग बाणिज्य संघका निवर्तमान अध्यक्ष प्रकाश अधिकारीले प्रदेश सरकारको बजेट पुरानै ढरामा आएको र कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई उकास्ने खालको बजेट नल्याएको बताउनुभयो ।