प्रदेश अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु


सुर्खेत, ९ असार प्रदेश अस्पताल सुर्खेतमा उपचाररत एक कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । दैलेखको दुल्लु नगरपालिका ३ का ४५ वर्षीय पुरूषको हिजो राती मृत्यु भएको अस्पतालले जनाएको छ ।

क्षयरोगका बिरामी उनलाई असार ३ गते प्रदेश अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । भोलिपल्ट प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको अस्पतालका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलले जानकारी दिनुभयो ।