वीरेन्द्रनगरको सातौं नगरसभा : प्राथमिकतामा स्वास्थ्य र पूर्वाधार विकास


१० असार । वीरेन्द्रनगर नगरपालिका, सुर्खेतको सातौ सभा शुरु भएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरपालिका कार्यबाहक नगर प्रमुख मोहनमाया ढकालले कूल बजेट १ अर्व ४२ करोड ९९ लाख ९१ हजार ८२३ रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको छ ।

 

नगरसभामा व्यय तर्फ, चालु खर्च रु. ९० करोड ४० लाख १४ हजार ४०० र पूँजीगत तर्फ ५१ करोड ६७ लाख ९८ हजार ४२३ तथा वित्तिय व्यवस्था तर्फ ८२ लाख ८० हजार बराबरको बजेट प्रस्तुत गर्नुभएको हो ।

 

कार्यवहाक नगर प्रमुख मोहनमाया ढकालले बुधवार आर्थिक वर्ष २०७७÷०७८ को आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उत्पादन अभियानका लागि कृषि क्षेत्रको आधुनिकिकरण र व्यवसायीकरणमा जोड दिइएको बताउनु भयो । उहाँले कृषिमा उत्पादकत्व वृद्धिका लागि आवश्यक पर्ने कृषि सामग्रीहरु मल, बीउ, प्राविधिक सहयोग, कृषि सिंचाई, विद्युत, यान्त्रिकीकरण, कृषि वीमा र बजार पूर्वाधारको सुनिश्चितता गरिने बताउनुभयो । नगरभित्र उत्पादन हुने फलफुलमा आँप, कागती, केरा, किवी र खाद्यन्नमा कोदो, धान, गहुँ, मकै, सिमी मसुरो, मास केराउ आदीलाई प्राथमिकतामा राखी प्रवर्दन गरिने प्रतावित कार्यक्रममा उल्लेख गरिएको छ