बसपार्कमा बहुआयामिक सार्वजनिक शौचालय


सुर्खेत, १९ असार ।

सुर्खेतको बसपार्कमा निमार्ण भइरहेको सार्वजनिक शौचालयको निमार्ण कार्य सम्पन्न भएको छ । वीरेन्द्रनगर नगरपालिका र युएनडीपी तथा अन्तरनिर्भर समाज सुर्खेतको साझेदारीमा वडा नम्बर ६ स्थित बसपार्कमा आधुनिक अपाङ्गता, लैङ्गिक र वातावरण मैत्री सार्वजनिक शौचालयको निमार्ण कार्य सम्पन्न भएको हो ।

शौचालय २८ लाख १८ हजार ३ सय ९३ रुपैयाँको लागतमा निमार्ण भएको हो । नगरपालिकाले ९ लाख ६३ हजार ८ सय ९०, यूएनडीपीले १५ लाख लाख ७२ हजार ६ सय ३३ रुपैयाँ र अन्तरनिर्भर समाज सुर्खेतले २ लाख ८१ ह्जार ८ सय ९३ रुपैयाँमा शौचालय निमार्ण भएको हो । उक्त शौचालयमा ३ वटा कमोड, ४ वटा पिन सेट र ४ वटा मेलयुरेनरी रहेको छ ।

वीरेन्द्रनगर नगरपालिकाका कार्यवाहक नगरप्रमुख  मोहनमाया ढकालले सार्वजनिक शौचालयको निर्माण कार्य नमुनाको रुपमा रहेको, र सार्वजनिक शौचालयको  साझेदारी अवधारणालाई बढाउदै लानुपर्ने  बताउनुभयो ।