राष्ट्रिय युवा संघ नेपाल हुम्लाद्वारा स्वास्थ्य सामग्री वितरण


राष्ट्रिय युवा  संघ नेपाल हुम्लाले जनसम्पर्क बढि हुने स्थानहरुमा स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

एक कार्यक्रमका बिच राष्ट्रिय युवा संघ नेपाल हुम्लाले नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने जिल्लाका विभिन्न १२ सरकारी निकायहरुलाई १ हजार थान एन ९५ मास्क, ७० थान ठुलो सेनीटाईजर र ८० बक्स मेडिकल पन्जा वितरण गरेको हो ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा हुम्लाका अध्यक्ष लालकेश जैशी र प्रमुख जिल्ला अधिकारी चीरन्जीवी गिरीमार्फत उक्त साम्रगी वितरण गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला अस्पताल,जिल्ला कृषि कार्यालय,जिल्ला पशु सेवा कार्यालय, राष्टिय वाणिज्य बैंक, कृषि विकास बैंक लगायतलाई स्वास्थ्य सामग्री वितरण गरिएको हो ।

उक्त सामग्री संगठनका केन्द्रीय सदस्यहरू प्रेमा लामा, उपेन्द्रजंग शाही र अखिल शाहीको विशेष पहलमा एलिस अर्गानिक रेष्टो एण्ड बारले उपलब्ध गराएको संघका जिल्ला अध्यक्ष सुवास रोकायाले जानकारी दिए ।

सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थितिमा भौतीक दुरि कायम राख्दै कार्यक्रम सम्पन्न गरिएको संघका जिल्ला नेता सागर कुमार शाहीले जानकारी दिए ।